09/06/2009
खोटांग सेवा समाज युकेको बार्षिक भेटघाट कार्यक्रम ब्यबस्थापन कमिटिको अन्तिम छलफल सम्पन्न
कार्यक्रमको सम्पूर्ण तैयारी र ब्यबस्थापनको सम्पूर्ण काम बाँडफाँड र बाँकी रहेको अस्पष्ट बिषयहरुको टुंगो लगाउन समाजका अध्यक्ष रिटायर्ड क्याप्टेन युबराज तामांगको अध्यक्षतामा छलफल सम्पन्न भएको थियो ।
कार पार्किंग,स्टेज,कार्यक्रमस्थल तैयारी,सुरक्षा ब्यबस्था,मनोरंजन,खोटांग नब प्रतिभा प्रतियोगिता लगायतका बिषयमा छलफल र विचार विमर्श भएको थियो । छलफलले नवप्रतिभा प्रतियोगितामा सहभागी सबैलाई सहभागिता प्रमाण पत्र प्रदान गर्ने निर्णय गर्नुका साथै दोश्रो र तेश्रो हुने प्रतियोगीहरुलाई पनि पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
सम्पूर्ण ईच्छुक खोटांगबासिहरुले आ-आफ्नो छोराछोरीहरु जोजो प्रतियोगितामा सहभागी हुन ईच्छुक छन्,उनीहरुको सम्पूर्ण विवरण तैयार बनाएर ल्याई सहयोग गरिदिन हुन पनि अनुरोध गरिएको छ ।
शिक्षा,साहित्य,संगीत,कला,खेलकुद लगायत अन्य प्रतिभाहरु पनि सो प्रतियोगितामा सहभागी हुन सक्ने जानकारी गराईन्छ ।
कारपार्किंग बापत लिईने दस्तुर बापत राफलड्रको एउटा टिकट दिने र ईच्छुक अन्यले पनि टिकट लिन सक्ने प्राबधान बनाउदै आकर्षक पुरस्कारहरुको ब्यबस्था गरिने निर्णय गरिएको छ ।
प्रायोजकहरु मध्ये नयाँ संदेश साप्ताहिक पत्रिका द्दारा एउटा पुरस्कार उपलब्ध भएको छ । अधिकांश कमिटिका पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। सम्पूर्ण खोटांग जिल्लाबाशीहरुलाई कार्यक्रममा उपस्थित भै दिन हार्दिक अनुरोध गर्दै बिबिध कारण बस टिकट लिन नसक्नु भएकाहरुलाई पनि कार्यक्रम स्थल मै खानाको टिकट उपलब्ध गराउनु पर्ने निष्कर्ष निस्किए पछी ब्यबस्थापन कमिटीले सो कुरा स्वीकार गरि प्रवेश द्दारमा पनि खानाको लागि टिकट उपलब्ध गराउने निर्णय सर्बसम्मत पारित भएको थियो ।
'जुन १३ मा फान्ब्रो जाउँ,खोटांग जिल्लाबासी भेला सफल पारौ' नाराका साथ खोटांग जिल्लाबासीहरुको बार्षिक भेटघाट कार्यक्रम 2009 आयोजना गर्न लागिएको छ ।
11/05/2009
सुचना
खोटांग समाज युकेको आयोजनामा खोटाङ जिल्ला बासीहरुको यूके राष्ट्रीय भेला र भेटघाट कार्यक्रम हुन गैरहेकाले संपूर्ण खोटाङ बाशीहरुमा यसै सूचना मार्फ़त उपस्थितिको लागी खोटांग समाज यूके हार्दिक आमंत्रण गर्दछ ।
कार्यक्रम हुने मिति : १३ जुन २००९ शनिबार
समय : बिहानको ११ बजे देखि सांझ अबेर सम्म
स्थान : ओकफार्म स्कुल फान्ब्रो (GU14 8SS)
कार्यक्रममा सहभागी हुनुहुनेहरुले जुन ५ तारीख भित्र प्रबेशको निमित्त टिकट काटीदिनहुन आयोजक समिती आग्रह गर्दछ । खानाको ब्यबस्था गर्नुपर्ने भएकाले कार्यक्रममा उपस्थित हुने संख्या अनुसार खानाको तैयारी गर्नुपर्ने भएकाले यो अनुरोध गरिएको छ । बिस्तृत जानकारीको लागी सम्पर्ग नंबर ०७८२८९७४८३१ मा रिटायर्ड क्याप्टेन प्रभुराम राईलाई सम्पर्ग गर्न सक्नु हुनेछ ।
नृत्य ,गायन , कबिता बाचन र अन्य प्रतिभा प्रस्तुतिको निमित्त मनोरंजन बिभाग अन्तर्गत नबराज राई ०७७६५१६६५४९ र भूमिराज राईलाई ०७७८९१५७६९३ मा सम्पर्ग गरेर आफ्नो कला प्रस्तुत गर्ने अवसरको सदुपयोग गर्न सक्नु हुनेछ । जुन १३ मा फान्ब्रो जाऔ,खोटाङ जिल्ला भेला सफल पारौ ।
खोटांग समाज यूके
28/04/2009
23/04/2009
Next meeting will be held as following,
Date - 25th Apr 2009
Venue - 38/48, Marsham Street
Maidstone, Kent
ME14 1HH
Time – 11.00
1, Chairman Mr. Yubaraj Tamang, Tel, 07878846306
2, Vice-Chairman Mrs. Bimala limbu,
3,Vice-Chairman Mr. Makardhoj Rai,
4, General Secretary Mr. Chandika Rai, Tel 07817059541
5, Secretary Mr. Ganesh Rai Tel, 07846400036 Spoken, Mail. gnxrai@yahoo.com
6, Treasurer Mr. Prbhuram Rai, 07828974831
7, Assistant Treasurer Mr. Dhurba Kumar Rai Tel, 07828279741,
Members,
8, Mr. Naresh Bista, Tel, 07791573260 Massage left
9, Mr. Man Kumar Rai (2RGR)
10, Dipraj Rai (Maidstone) Tel, 07811344683, Massage Left,
11, Mr. Milanchandra Rai (Bramcourt) 07878078497Called Out of Country.
12, Mr. Dhan Rai (Swindon) Tel, 07533071063, Spoken
13, Mr. Durga Ghale (Aldershot)
14, Mrs. Bhagaywati Rai (Maidstone)
15, Mr. Chandra Rai (Farnborough) Tel, 07861225341
16, Mr. Topkumar Rai (Cattrick)
17, Mr. Daibaram Rai (Aldershot) 07786195715 Confirmed
19/02/2009
"साँइला ! तिमी ठुलो हौ"
साँइला !
तिमी लाहूर पसेको ऊ दिन
त्यो घर आँगन हुँदै घुयानसम्म
कम खुशीको वतास चलेको थिएन
कम हर्षको फुल फुलेको थिएन
बाँझिएको वल्लो डाँडा पल्लो डाँडामा
अनायसै सौम्य बर्षा बर्षिएको थियो
एक तमासले चराहरु नाचिरहेका थिए
खेतको डिलैमा बसेर जोडी ढुकुर गीत गाईरहेका थिए
तिमीलाई खोई के भन्नु र !
त्यो मंसीरको महिना थियो
म सहजै अन्दाज लगाउन सक्छु
यी वेलामा घाम ताप्न मजा हुन्छ
भेडा बाख्रा चराउन जान मजा हुन्छ
चङ्गा उडाउन मजा हुन्छ ।
तर साँइला तिमी ,
यी मजाहरुलाई थाती राखेर
बाऊको बींडो थाम्नलाई लाहूरे भयौ
यी हावाले गाउँमा रम्न दिएन स्वयं मलाई पनि
अन्तत हाम्रो कर्म उस्तै उस्तै रह्यो ।
ती गएका दिनहरुमा झैं
तिम्रो नाम बोलाउँछन साँइला
यहाँका हावाले /देउरालीले
तर फरक यति नै छ,
तिम्ले यी भाषा बुझ्छौ या बुझ्दैनौ
तिम्ले यी बोली सुन्छौ या सुन्दैनौ
म पनि यकिन साथ भन्न सक्तिन ।
म तिमी जन्मेको घर पुगेर आएको छु
तिम्रो जन्म दिने आमा बाबालाई भेटेर आएको छु
तिम्रो आफन्त इष्टमित्रहरुलाई पनि भेटेको छु
तिमी खुद आफैं पनि पुगेको छौ साँइला
तर चिर निद्रामा पुग्यौ
बेहोशीमा पुग्यौ
सपनामा पुग्यौ
खोइ कतिखेर पुग्यौ कुन्नि
कसरी भनौ तिम्रो अन्जान हालत
तिम्रो हालत कस्तो छ !
तिम्रो समाज कस्तो छ !!
तिम्रो दुनियाँ कस्तो छ !!!
भोकै तिखैं त छैनौ होला नि -
खोई, के भनौ र साँइला म पनि कमजोर मान्छे
लाचार लाछी मान्छे
दुख नमान साँइला त्रि्रो दुनियाँमा
एकदिन मै हुँ भन्नेहरु पनि आउनेछन्
तर तिमी भएर थोरै मात्र आउनेछन्
अरु नै भएर आउनेछन
म त भन्छ साँइला,
कसैले खान दिएन भने खोसेर खाऊ
कसैले पिउन दिएन भने लुटेर पिऊ
तिमीमा पुरा अधिकार छ
तिमीले कर्तब्य निभाएका छौ ।
साँइला,
यी र यस्ता कर्तब्य चाहेर पनि निभाउन सकिन्न रहेछ
नचाहेर /भागेर पनि भाग्न सकिन्न रहेछ
आजकाल,
त्यो घर आँगनमा बतास उसरी नै चल्छ
अफसोच खुशी /हाँसो बोकेर चल्दैन
चराहरु एकोहोरो भाकामा विरही गीतहरु मात्र गाउँछन
केहि छैन साँइला,
म तिमीलाई अरु दुखी पार्न चाहन्न
यी वन-जंगल र डाँडापाखालाई भन्दिनेछु कि
तिमी !
रुपाकोट र ट्याम्केभन्दा माथि छौ भनेर
तिमी !
चन्द्रसूर्य ध्वजा र युनियनज्याकभन्दा ठुलो हौ भनेर ।
- स्वर्गीय युवराज राइप्रति समर्पित
नवराज राइ
हालः- यूके
18/02/2009
खोटाङ्ग समाज यूकेको त्रैमासिक बैठक सम्पन्न
14/12/2008
स्वर्गीय युबराजको संझनामा श्रद्धााजलीका दुइ शब्द
अंग्रेजी महिना अनुसार सन् २००८ नोभेम्बर महिनाको ५ तारिख बिहानको ०८३० बजे हाम्रो अर्थात टु.आर.जि.आर. को रियर पार्टीको भेला हुन्छ सर्नक्लिफ ग्यारिजनमा । Rear Party CO 2 RGR Maj B Macky सापले अफगानिस्तानको दुखद घटनालाई सरसर्ती सुनाउनु हुन्छ । हामी स्तब्ध भयौं । कि हामीसँग बोल्ने केहि शब्द रहेन । मैले भावुक भएर एकपटक सोचें कि अब हाम्रो सामु युबराज राई कहिले पनि आउने छैन सैनिक पोसाकमा सजिएर लेफ्ट राईट खेल्दै । हामी सबैको आँखा रसायो । हामी सबैले अघिल्लो दिन नै गाँइगुँई सुनिसकेका थियौ कि घटना भईसक्यो तर को पर्यो बास्तविक समाचार सुनेका थिएनौ । तर जे भए पनि "घाऊ जस्को भए पनि दुख्ने छाती हाम्रै हो" भने जस्तै सबैको मनमा परेको थियो । अब चाँहि पक्का भयो कि साँच्चै त्यहि युवराज थियो अघिल्लो दिनको हल्लाको साँचो मान्छे । मैले विश्वासै गर्न सकिन । र मलाई त्यो विगतले साह्रै नराम्ररी घोच्यो । र संझे त्यो विगतलाई । मेरो ५ छाके दाजुभाइभित्र मभन्दा जेठो भतिजो छ जो अहिले सिङ्गापुर पुलिसमा कार्यरत छन । म भन्दा २ बर्ष जेठो र भर्ती पनि २ वर्ष नै जेठो छ । पोखरामा भर्ती भईसकेपछि लिएको फोटो जस्मा उनीहरु जम्मा ४ जना थिए । मैले दाइ भतिजोको बाउ लाई सोधेको थिएँ कि यो मान्छे चाँहि को रै छ नि उहाँले भन्नुभएको थियो लफयाङ्गको अरे होउ । यसो हेरे सबैलाई ऊ नै मेरो चिनजानभन्दा बाहिरको मान्छे थियो त्यो फोटोमा । कलिलो गारो र छोटो कदको मान्छे भनौन चिटिक्क परेको । शायद त्यो फोटो अहिलेसम्म पनि गाउँमा हुनुपर्छ । यसो हेर्दा अरुभन्दा कम उमेरकेा पनि देखिने । २ बर्ष पछाडि म पनि भर्ती भएर आँए र रेक्रुट टे्र्निङ्ग पश्चात पल्टन आए लगत्तै बोस्निया गएँ । अपरेसनको वीचमा म लगायत हामी १२ जना D कम्पनी फर्कियौ जतिवेला D कम्पनी क्यान्टवरीमा थियो । गएको वेलुका नयाँ भाईहरु हेर्न सवै आए । मेरो आँखाको सामु त्यिहं दाइको घरमा भएको फोटोको कलिलो गोरो र छोटो कदको मान्छे थियो । तर त्यो कुरा उसलाई थाहा थिएन । होस पनि कसोरी समय वित्दै गयो । हाम्रो चिनजान भयो । बास्तबमा त्यहि मान्छे रहेछ युबराज । नाम भने भेटेर नै थाहा भयो । पल्लो गाउँ वल्लो गाउँ भए पनि आवत जावत नभए पछि यो हुनु स्वभाविक थियो । D Coy 11 Platoon मा हामी दुवै जना थियौं । त्यसले गर्दा उठबस प्राय एकैसाथ हुन्थ्यो । OP Telic 1मा सर्वप्रथम हामी नै गएका थियौ 1 Royal Irish Reg सँग ईराकतर्फ । साह्रै सालिन मिलनसार र मृदुभाषी मान्छे । पल्टनको साईनो अनुसार मैले गुरुजी या त दाइ भन्नु पर्ने थियो तर म जहिले गाउँले भनेर बोलाउने गथेर्ं । र उसले पनि गाउँले नै भनेर बोलाउँथे । यो गाउँले शब्दमा आफ्नै किसिमको आत्मीयता र आफ्नोपन थियो र नै शायद उसले पनि यहि शब्दले नै मलाई बोलाउने गर्थे । मन जितेर कहिलेकाँही ए कलिलो मान्छे भनेर जिस्काउँथे । प्रतिउत्तरमा उसले भन्थ्यो दाइलाई कलिलो त भनेर बोलाइन्छ होईन भनेर मलाई खुत्रुक्कै पार्थ्यो । यसरी संझदा संझदै त्यो दिन गयो । कोठामा आएँ कोठाको पर्दा खोले र हेरे साँच्चै उ बसेको कोठाको झ्याल छर्लङ्गै देखिन्थ्यो मेरो कोठाबाट । जहाँ सधै ऊ पुरै झ्याल खोलेर चुरोट तान्थ्यो । मैले धेरैबेर हेरे कतै उ त्यसरी नै निस्केर चुरोटको धुवाँ फाल्छ कि भनेर । मुन्टो निकालेर कतै वाहिर हेर्छ कि भनेर । संझे उ त हामीभन्दा धेरै पर पुगिसकेको छ । गाउँले भन्दै हुस्दै फेरि कहिल्यै आउने छैन । मनमा साह्रै वेचयन भो । पर्दा लाएँ । यसरी लाएँ कि मैले २ दिनसम्म त्यो पर्दा खोलिन । तर के गर्नु नियतीलाई जित्न नसकिने रहेछ । त्यहि फलिनमा नै पल्टनले नातेदार र गाउँलेहरुको नाम मागेको थियो । हामी त्यहाँ भएका जतिले दिएका थियौं आफ्नो नाम । र Rear CO Maj Macky सावलाई भेट्यौ पनि । उहाँले केहि कुरा गर्नु भो हामीसँग ।
१० तारिखको दिन अफगानिस्तानबाट कफीन लैनहाम एयरपोर्टमा आइपुग्ने पक्का भयो र हामी सबै गाउँलेहरुले त्यहाँ जाने ईच्छा जाहेर गर्यौ । तर टाढाबाट मात्रै त्यो पनि १ मिनेट जति मात्रै हेर्न पाईने भएकाले हामी त्यस दिन गएनौ । त्यहि समयमा उता युवराजको घर परिवारबाट युबराजको सवलाई नेपालमा नै झिकाएको कारण ७ जना मान्छे जानु पर्ने भएपछि त्यसमा हामी गाउँ ठाउँको भएको कारण हामीले आफ्नो कर्तब्य संझी नाम दियौं । यता एयरपोर्टबाट सीधै पोष्ट मार्टमको लागि dead body लाई drill को साथमा हस्पिटलतिर लगियो । जसको लागि वेलायतको कानुनी प्रकृया अनुसार पोष्ट मार्टम र नेपालसम्मको लागि Kenyon Repartation Ltd.ले सम्पुर्ण जिम्मा लिए । यता पल्टनबाट नेपाल गाउँसम्म जानेमा हामी ७ जना पवन राई दिक्तेल सुवास राईविजयखर्क रविप्रकाश राईच्याहानडाँडाप्रेमप्रकाश राईवतासे सन्जीव राई दोर्पा देवान राई लफ्याङ्गर म नवराज राई बुईपा तय भयो । १३ तारिखको दिन हामी ७ जना बेलायतको समयानुसार बेलुकाको ९:३० बजे कतार एयरवेजबाट नेपाल तर्फ हानियौं । दोहामा लामो द्रान्जिट परेको कारण भोलिपल्ट पनि बेलुका मात्रै नेपाल पुगियो र वि.जि. के. को गाडीबाट सीधै वि्रटिस क्याम्प छिरियो । भोलिपल्ट बिहान सबेरै फेरि एयरपोर्ट लाग्यौ सबैजना । विहान ९ बजेको उडान भएता पनि मौसमको कारण ११:४० तिर लामीडाँडा तर्फ यती विमानबाट हानियौं । यो मेरो गाउँको लागि पुग नपुग ८ बर्ष पश्चातको पाईला थियो । लामीडाँडामा यती विमान अवतरन भयो । वरिपरि नजर डुलाएँ पहिला जस्तो केहि थिएन । भएका एयरपोर्ट टावर पनि देशको द्वन्दले माटोमा मिलेको रहेछ । जसको पूनर्निमाणको लागि भरखर सुरुवात भईरहेको रहेछ । कहिले बन्ला यो टावर पहिलाको अवस्थामा सतीको श्राप भनेको शायद यहि त होला । क्रमश अघि बढ्दै गयौं । उहि घरहरु । बाटोहरु । शुशीको कुरो दुःख शुख सानै भए पनि गाडी दिक्तेलसम्म जाने बाटो बनिएछ । बाप्रुे यो कम सुविधा हो हाम्रो लागि । कम विकास हो हाम्रो ठाउँमा । त्यो धुले बाटोमा पल्टि मार्दै खाल्डोहरुमा उफ्रदै लागियो उकालो बाटो । त्यो बाटो त्यो गाडी त्यो कष्ट नभनौ होला । हामीलाई बाटोमा देख्नेहरु मरी मरी हाँस्थे हाम्रो हविगत देखेर । मैले भने प्रेमप्रकाश दाईलाई दाई यो हाम्रो युवराजको लागि श्रद्धाजली हो दाइ । उहाँले धुलोसरिको अनुहार मतिर फर्काउदै हो भन्नुभयो । अगाडि कस्तो भो कुन्नी तर हामीले २-४ जना छोरीचेलीलाई ठुलै उपकार गरेका थियौं कि हामीले रिजर्भ गरेको गाडीमा उहाँहरुलाई अगाडी बसाएर हामीले नै सास्ती खेपेका थियौं । बेलुकाखेरि आधापिल्चो भएर दिक्तेल पुगियो । बाटोभरि आँखाहरु डुलाउँदै गएँ । कि म दिक्तेल कलेज पढ्दा त्यहि बाटो खुट्टाले हिड्नु पर्थ्यो । आज गाडी गुडिरहेको थियो । गाउँले युबराज !हेरन तिमी हामी यसरी हिड्न सकेनौ हकि सँगै सँगै । यो समयान्तरमा केहि बनिएछ र केहि भत्किएछ यो हाम्रो गाउँठाउँमा । भ्ोलिपल्ट विहान अर्थात आज १६ तारिख हो । विहान उठेर मुख धँुदा नधुँदै फेरि अर्को घटना सुनियो कि अफगानिस्तानमा फेरि कृष्ण दुरा वित्यो रे । यो विहान त हामीले युवराजको सवलाई रिसिभ गरेर आमा बाबालाई देखाउनु पर्ने दिन । अथवा युबराजलाई माटोभित्र राख्ने दिन । मैले सोचेको थिएँ युवराजको बारेमा म एउटा लेख साथै भिडियो खिचेर राख्छु । मलाई उता अफगानबाट पनि भुमिराज दाई र रामकृष्ण सरले खवर पनि पठाउनु भएको थियो कि यथासक्य भिडियो फोटोहरु लिनु भनेर । त्यहि भएर मैले क्यामकोर्डर पनि लगेको थिएँ । तर यो अर्को घटनाले मेरो मनै अर्को पारि दियो कि मैले केहि पनि लिईन न फोटो न भिडियो । मलाई अहिलेसम्म पनि थाहा छैन मैले ठीक गरे या बेठीक । मेरो नाडी गलेर आयो । करिव ९बजेतिर हामी युवराजको घरतिर लाग्यौं दिक्तेल वजारबाट । तर पवन सर र भाइ देवान भने अघिल्लो दिन सोझै युवराजको घरमा जानु भएको थियो । हामी पनि घरमा पुग्यौ तर काकाको घरमा गयौं । परिस्थिति ठीकै थियो । घरमा भने ठीक थिएन त्यसै पनि । परिस्थितिलाई केहि सहज वनाउने उदेश्यले हामीले केहि कुराकानी गर्यौ काकाको घरमा । त्यतिाजेलमा छरछिमेकका मान्छेहरु प्रशस्त आईसकेका थिए । करिब १२ वजेतिर घरभन्दा करिब ४ सय मिटर माथिको सानो डाँडा तर्फ लाग्यौं हामी सबैजना । जहाँ हेली बस्नको लागि मार्क गरेका थिए । उता एरिया वेलफेयर दिक्तेलका कर्मचारीहरुले काठमाण्डुमा टेलिफोन गर्दा केहि ढिलो हुने कुरा थाहा पाएपछि हामी त्यतैतिर कुराकानी गर्दै अलमलियौं । यो डाँडालाई देखेर मलाई रिस पनि उठ्यो । कुरा ११ महिना पहिलेको रहेछ । दाजुभाइभित्रको काका पर्ने कतारमा वितेर त्यहि ठाउँमा हेलीले ल्याइदिएको रहेछ । आज ११ महिना पछि भतिजो आउँदै थियो । मलाई भन्न मन लागेको थियो मान्छे खाने डाँडा भन्न तर के गर्नु सब बेकार । हेली अवतरणको सम्पुर्ण सुरक्षा जिम्मा नेपाल प्रहरीको टोलीले लिएका थिए अर्थात सुरक्षाको लागि खटिएका थिए । दिउँसोको करिव २ बजेतिर नेपाल आर्मीको पुमा हेलीबाट अफगानिस्तानको सैनिक कारवाहीमा आफ्नो कर्तब्य पुरा गर्दा गर्दै वीरगती प्राप्त गरेका स्वर्गीय युवराज राईको सव आईपुग्यो । ३-४ सयजनाको संख्यामा उपस्थित मान्छेहरुको सामु हामीले वि्रटिस युनियन ज्याक र वि्रगेड अफ गोर्खाजको झण्डाले ढाकिएको युबराजको सवलाई हेलीबाट विस्तारै बाहिर झिक्यौं । र विस्तारै सामाजिक परम्परा र रितीरिवाज अनुसारको कर्म काण्डको लागि घरतिर झार्यौ । नरसाएको आँखा कसैको थिएन । उपस्थित उक्त भीड विस्तारै वीरयोद्धा युबराज जन्मिएको घर तर्फ अघि बढ्यो । हामीले विस्तारै उक्त बाकसलाई खोल्दै गयौं । र अन्त्यमा आएर पवन सरले युबराजको बाबालाई सोध्नु भयो र बाबाको सहमतिमा हामीले उक्त बाकस खोल्यौं । उहि युबराज चीर निद्रामा भए झैं । अहिले उठेर बोल्ला झैं लाग्यो । टाई सुटमा सजिएको । उक्त मृत शरिर देख्न साथै उसको कान्छी बजुले भन्नुभयो "जाँदा पनि टाई सुटमा गाको थिईस आज पनि टाई सुटमा नि आईछस नि!" भन्दा जोसुकै निठुर हँु भन्ने मान्छेको पनि मन कुँडिएको थियो । आँखा रसाएको थियो । हुन पनि उनी गत अगष्टमा मात्रै गाउँ पुगेर फर्किएका थिए । साँच्चै तिम्रो वाल्यपनको साथी जगत नवोदितले भने झैं तिमी झगडा गर्न नचाहने मान्छेको मृत्यु लडाईको मैदानमा भएको छ । यी भाव विव्हल मान्छेको जमात अब पूनः अघि कै ठाउँतिर अगाडि बढे । मैले त्यहि अन्तिम पटक वीर योद्धा युवराज राईलाई हेरे र फेरि फेरि हेर्न चाहिन भनौ सकिन पनि । साँच्चि नै गीतले भने झैं "को रुदै होला मनमा साह्रै चोट परेपछि जिन्दगीमा हाँसी खुशी बाँच्ने आशा मरेपछि"। हो युबराजको आमा-बाबा र परिवार मात्र होईन सिङ्गो समाज उसको मायामा उसको अभाबमा रोईरहेको थियो । यति जवानीमा हजार सपनाहरुलाई अधुरो छोडेर हामीबाट सदाको लागि अस्ताई रहेको थियो त्यो वेलुका घाम झैं । संझे यो घाम त भोलि विहान भएर आउनेछ तर युबराज तिमी भोलि फेरि आउने छैनौं । तिमी हाम्रो मनमा एउटा मात्र संझना भएर रहने छौ । म तिम्रो लागि के गरौं म तिम्रो परिवारको लागि के गरौं म पनि त तिमी जस्तै सिपाहीं मान्छे । म पनि त तिमी जस्तै लाहूरे मान्छे । तर साथी कोही बाँचेर मर्छन । कोही मरेर बाँच्छन । तर तिमी मरेर बाँच्ने बीर योद्धा हौ । डाँडामा घाम पुग्न लागेको थियो त्यो दिनको लागि । मृतकको सवमा फुलमाला चढिरहेको थियो अलिक पर चिहान खनिरहेको थियो । "सलाई बट्टीमा बाचुाजेल त होनी राजै मरे मट्टीमा" साँच्चै जीवन माटो त रहेछ । यी फुलमालाहरु ल्ाडाई जितेर आएको दिन लाउन पाएको भए तिम्रो छाती गर्वले कति फुक्ने थियो होला होकी तर तिमी जस्तो पुरुष आफु मरेर अरुलाई बचाउने देखेर हाम्रो छाती फुकेको छ । संझे यहाँ यस्तो हविगत छ उता वेलायतमा कृष्ण दुराको घरमा कस्तो हविगत होला । म अन्दाज पनि लगाउन सक्दिन । किन दैव यति निष्ठुरी बन्छौ यति साह्रो निष्ठुरी पनि बन्न सक्दोरहेछौ । जसलाई चाहयो टपक्क टिपेर लान्छौ । जति बेला भन्यो त्यतिबेला लिएर जान्छौ । दैव तिमीलाई पनि छुट छैन कि यी सब गर्नका लागि । हुन सक्छ भने फेरि फेरि यी आँखाको अगाडी तिमी यस्तरी निष्ठुरी नवन । वेलुकाको डुब्न लागेको घामसँगै लाहुरे युबराजलाई हामीले माटोमुनि राख्यौ । ूगाउँलेू! अव फेरि यो जीवनमा तिमी मेरो गाउँले भएर आउने छैनौं हकि हाम्रो अन्तिम पटकको सलामी अवश्य तिमीले सगरबाट देख्यौ हौला । मलाई आशा छ । तिमीले यो लामो यात्राको छोटो जीवनमा गरेको कर्मले तिमीलाई स्वर्गमा शुख-शान्ति अवश्य मिल्नेछ । र भगवानसँग पनि प्रार्थना छ कि मेरो गाउँले लाहूरे र बीरयोद्धा युवराजले शान्तिका साथ स्वर्गमा सदा सदाको लागि वास पाउन । हार्दिक श्रद्धााजली ।
नव राज राई
२ आर.जि.आर. सर्नक्लिफ ।
25/08/2008
कतारवासी नेपालीविच सवैभन्दा पुरानो समाजिक संस्था खोटांग युवा जागृति सेवा समाजको ५ औं साधारणसभा गतसाता सम्पन्न भएको छ । साधारणसभाले र्सवसहमतीद्धारा २१ सदस्यित नयाँ कार्यसमितीको स्थापना गरेको छ ।
नवनिर्वाचित कार्यसमिती
अध्यक्ष राम गुरुङ
उपाध्यक्ष पुण्यप्रसाद रेग्मी र अमृत राई
सचिव हरिकुमार वस्नेत
सहसचिव महेश राई
कोषाध्यक्ष टंक भुजेल
सहकोषाध्यक्ष जिवन गुरुङ
सदस्यहरु
गोपाल घिमिरे, मिलन वानिया, वुद्धिराज राई, पवित्र राई, उदय खाती, कनक विष्ट, माधव प्रसाद आचार्य, वम व. नेपाली, डम्वर कटुवाल, नवराज घिमिरे, लोक व. दाहाल, ध्यानेन्द्र प्रसाद आचार्य, इन्द्र तामाङ, योञ्जन तामाङ हुनुहुन्छ ।
कतारमा पनि खोटांगेहरु अगाडि रहेको सुन्न पाउदा ज्यादै खुशि लाग्यो। नयाकार्यसमितिलाई हार्दिक शुभकामना छ । admin / KSUK
15/08/2008
खोटाङ्ग समाज युकेले गत अगष्ट ९ तारिख आफ्नो पहिलो अधिवेशनमा गीतकार हेमकुमार राइको
नेतृत्वमा रवि प्रकाश राइ र इश्वर चाम्लिङ्ग सहितको तिन सदस्सीय निर्वाचन समिती मार्फ पहिलो कार्यसमिती चयन गरेको छ ।

अध्यक्ष- क्या. युवराज तामाङ्ग
उपाध्यक्ष- मकरध्वज राइ
महिला उपाध्यक्ष- श्रीमती विमला लिम्वु
महासचिव- चण्डिराज राइ
सचिव- गणेश राइ
कोषाध्यक्ष डिल्लिराम राइ (अनिश्चित काल सम्मको लागि)
सहकोषाध्यक्ष- ध्रुवकुमार राइ
क्षेत्रगत प्रतिनिधि र सदस्यहरु
मनकुमार राइ -२ आरजिआर)
दिपराज राइ -इन्जिनियर)
मिलन राइ -सिग्नल)
नरेश विष्ट -लण्डन)
धनकुमार र्राई -स्वीन्डन)
श्रीमती दर्गा घले -स्यान्डस्)
श्रीमती भाग्यवती राइ -मेडस्टोन)
चन्द्र राइ -फान्व्रो)
टपकुमार राइ -क्याटि्रक)
दैवराम र्राई - अल्डरसट)
र्सवसम्मतीले मनोनित हुनुभएको छ ।
खोटाङ्ग समाज युके
1 Rabiprakash Rai, Chyandanda 8
2 Dilliram Rai, Diktel 7, 07988740066, raidilliram@yahoo.co.uk
3 Iswor Chamling, Bijaykharka Baseri, iswor52@hotmail.com
4 Jagat Nabodit, Majuwa, 07881938761, jagatnabodit@gmail.com
5 Biswokajee Rai, Laphyang 2
6 Yogesh Rai, Sungdel
7 Bhumiraj Rai, Diplung 5, bhumi@mail.com
8 Rabindra Rai, Badkadiyale 1
9 Ramdhan Rai, Baspani
KSUK, SADHARAN SADASYA
9 Jaya Rai, Nirmali Danda 6, 079095500474, jayanandarai@bt.com
10 Ramdhan Rai, Bijayakharka 6, 07737494952, rairam@hotmail.com
11 Sarita Rai, Bopung, 07886260326, sarita@hotmail.com
12 Kamal Rai, Sandhurst, 07796956290, kamalrai@hotmail.co.uk
13 Daibaram Rai, Aldershot, 07786195715, lafychha@yahoo.co.uk
14 Pradip Rai, Ashford, pradip.mala@hotmail.com
15 Bamkarna Rai, Temma 3, 07748416069, bamchamling@hotmail.com
16 Laxman Rai, Farnbourogh, 07771680898
17 Bikram Rai, Folkstone, 07704577853
18 Durgamani Rai, Folkstone, 07896472808, dmanirai@hotmail.com
19 Parshuram Rai, Maidstone, 07964330803, raiparshuram3@hotmail.com
20 Jhalam Rai, Swindon, 07846601491, jhalamrai@yahoo.com
21 Ganesh Rai, London, 07846400036, gnxrai@yahoo.com
22 Karnakumar Rai, Maidstone, chamkarna@hotmail.com
23 Singaraj Rai, South Wales, 07886581441, singa7720@hotmail.com
24 Bhagyawati Rai, Maidstone, 07798883995, bhagya_rai@yahoo.com
25 Tirthabahadur Rai, York, tirtha_734ukoiu@hotmail.co.uk
26 Harkaraj Rai, Basingstock, harkandtara@hotmail.com
27 Sukrim Rai, Oxford, 07872955643, sukrim1643@yahoo.com
28 Jagat Rai, Ashford, 07988681009, jagatrai@hotmail.com
29 Gopalkrishna Rai, Diktel 8, 07825711351, gkrai2000@hotmail.com
30 Sukaraj Rai, Maharajgunja, Ktm, 07723384168, taraju@hotmail.com
31 Bharat Rai, Temma 5, bthulung@hotmail.co.uk
32 Harikumar Rai, Bamrang 5, 07828025419, harikuma@hotmail.com
33 Giriraj Rai, Buipa 2, 07737454660, raigiriraj@hotmail.com
34 Dhrubakumar Rai, Nunthala 7, 07828279741, dhruba1092@hotmail.co.uk
35 Gamsher Rai, Bamrang 3, 07780845561, gs42@hotmail.co.uk
36 Santosh Rai, Baksila 5, 07828528611, santosh29@hotmail.com
37 Trilokumar Rai, Bambarkhushibalaya
38 Gobinda Rai, Chhitapokhari 1, 07717047471, ninambuchha9006@yahoo.co.uk
39 Ramprasad Limbu, Baspani 4, rampsdlimbu@yahoo.com
40 Milanchandra Rai, Bamrang 9, 07878078497, mc8904@hotmail.co.uk
41 Subash Rai, Rambadi 6
42 Shukhchandra Rai, Chyandanda, 07828756184, chamling24@yahoo.com
43 Rupdeu Rai, Balukha 3, 07828072056, rupdeu@yahoo.com
44 Dharmakesar Rai, Nunthala 7, 07882896848
45 Kusum Rai, Indrenipokhari 4, 07828087293
46 Milan Rai, Indrenipokhari 4, 07878068251
47 Rastra Rai, Nirmalidanda 6, 07988636941, kucholee@hotmail.com
48 Bikash Rai, Bijayakharka 6, chamlingbikash@yhoo.co.ui
49 Khagendra Rai, Bamrang 1
50 Bikaschandra Rai, Ratanchha 3, 07767095385, bishalrai@hotmail.com
51 Mugadhan Rai, Dharan Sunsari 8, 07853169448
52 Rajkumar Rai, Ratanchha 2, 07919500524, kumraryalung@yahoo.co.uk
53 Hastaraj Rai, Baksila 9, 07894512837, hastaraj@hotmail.com
54 Dipraj Rai, Chipring 9, 07811344683, namaste46@hotmail.com
55 Roshan Gu rung, Sapalung 1, 07872313756, bhabin153@hotmail.com
56 Makardhoj Rai, Bamrang 1, makar@rai1992.orangchome.co.uk
57 Kumar Rai, Baksila 5, 07533963732
58 Nirkala Rai (Limbu), Bamrang 2, tikarai15@yahoo.com
59 Mankumar Rai, Baksila 9, 07788660323, rman-rai@yahoo.com
60 Kiran Rai, Nunthala 6, 07894320701, kprai56@hotmail.com
61 Subin Rai, Temma, 07877045170, suman_chamling@hotmail.com
62 Rajen Rai, Ratanchha 3, 07877230475
63 Rajesh Rai, Nirmalidanda 6, 07886665916, rairajesh56@yahoo.co.uk
64 Nirbahadur Rai, Diblung 5, 07876696099
65 Dipprakash Rai, Indrenipokhari 3, damdihochha@hotmail.com
66 Pawan Rai, Diktel 5 Basekha
67 Yubaraj Tamang, Gogane, 07303258553, tamang-yubaraj@yahoo.co.uk
68 Harkaram Rai, Londan, 07878273432, harkaramrai@yahoo.com
1 Prakash Rai, Rakha 4, prakytheone@hotmail.com
2 Balbahadur Rai, balrai18@hotmail.co.uk ,07825836160
3 Dipprakash Rai, Indrenipokhari 3, damdihocha@hotmail.com, 01304208096
4 Nawal Rai, nawalsanjurai@hotmail.com
5 Harikumar Rai, Bamrang, harikumar@hotmail.com, 01303273607
6 Badri Rai, Ratanchha, 07878517682
7 Yogesh Rai, Sungdel
8 Gamser Rai, Bamrang
9 Prabhuram Rai, raip64@hotmail.com
10 Premprakash Rai, Batase, prem9688@yahoo.com
11 Spandan Rai, Bijayakharka, iswor52@hotmail.com, 07828454031
12 Prakash Rai, Rakha, raipk30@hotmail.com, 07789265609
13 Milan Rai, Bamrang
14 Khagendra Rai , Bamrang , kirati9156@hotmail.com , 07913727110
15 Bharat Rai, Temma, bthulung@hotmail.co.uk
16 Gyanraj Rai, Patheka, gyan_r@hotmail.com, 01303273778
17 DhrubakumarRai , Nunthala 7, dhruba9210@hotmail.co.uk, 07828279741
18 Bhagawan Chamling,
19 Hemkumar Rai , Laphyang 3, 07919262439
20 Shivadhyoj Rai, Dover, 55538@hotmail.com, 07786652194
21 Giriraj Rai, Buipa 2, raigiriraj@hotmail.com, 07737454660
22 Subash Rai, Bijayakharka, 07806439453
23 Mrs Manika Rai, Nunthala 6
24 Mrs Aasha Rai, Sa Chhitapokhari 5
25 Nirkumar Gurung
26 Rajen Rai , Ratanchha 3
27 Yubamanlakh, Panchthar
28 Dipraj Rai, Chipring
29 Harkaraj Rai, Lichkiramchhe 2
30 Subin Rai, Temma
31 Heman Rai, Likuwapokhari, 0714253272
32 Nagen Rai, Likuwapokhari, nagen@hotmail.com , 01304228415
33 Mrs Lilamaya Rai, Diktel 7, mousamrai@yahoo.com , 07988740066
34 Bhumiraj Rai, Diblung 5, bhumi@mail.com ,01303241167
35 Jagat Nabodit, Laphyang 4
36 Rabindra Rai, Badkadiyale 1
37 Yubaraj Tamang, Gogane, 07303258553
PURASKAR KOSH SANGKALAN KARYA JARI CHHA ...YOU CAN BE THE DATA ANY TIME BY CONTACTING US
बेलायतबासी खोटाङ्गेहरुको साझा संस्था खोटाङ्ग समाज युकेले गत अगष्ट ९ तारिख विविध कार्यक्रमहरु सहित केन्टको डोवरमा पहिलो अधिवेसन सम्पन्न गरेकोछ । बेलायतका लागि नेपा

खोटाङ्ग समाज युकेको व्लग
विविधतामा एकता, एकतामा परिपक्वता, आत्मीयता, सौहार्दता, आपसिसहयोग अनि सदभावको खातिर हामी सबैको साझाघर खोटागं समाज युके