19/02/2009

"साँइला ! तिमी ठुलो हौ"

"साँइला ! तिमी ठुलो हौ"
साँइला !
तिमी लाहूर पसेको ऊ दिन
त्यो घर आँगन हुँदै घुयानसम्म
कम खुशीको वतास चलेको थिएन
कम हर्षको फुल फुलेको थिएन
बाँझिएको वल्लो डाँडा पल्लो डाँडामा
अनायसै सौम्य बर्षा बर्षिएको थियो
एक तमासले चराहरु नाचिरहेका थिए
खेतको डिलैमा बसेर जोडी ढुकुर गीत गाईरहेका थिए
तिमीलाई खोई के भन्नु र !
त्यो मंसीरको महिना थियो
म सहजै अन्दाज लगाउन सक्छु
यी वेलामा घाम ताप्न मजा हुन्छ
भेडा बाख्रा चराउन जान मजा हुन्छ
चङ्गा उडाउन मजा हुन्छ ।
तर साँइला तिमी ,
यी मजाहरुलाई थाती राखेर
बाऊको बींडो थाम्नलाई लाहूरे भयौ
यी हावाले गाउँमा रम्न दिएन स्वयं मलाई पनि
अन्तत हाम्रो कर्म उस्तै उस्तै रह्यो ।

ती गएका दिनहरुमा झैं
तिम्रो नाम बोलाउँछन साँइला
यहाँका हावाले /देउरालीले
तर फरक यति नै छ,
तिम्ले यी भाषा बुझ्छौ या बुझ्दैनौ
तिम्ले यी बोली सुन्छौ या सुन्दैनौ
म पनि यकिन साथ भन्न सक्तिन ।
म तिमी जन्मेको घर पुगेर आएको छु
तिम्रो जन्म दिने आमा बाबालाई भेटेर आएको छु
तिम्रो आफन्त इष्टमित्रहरुलाई पनि भेटेको छु
तिमी खुद आफैं पनि पुगेको छौ साँइला
तर चिर निद्रामा पुग्यौ
बेहोशीमा पुग्यौ
सपनामा पुग्यौ
खोइ कतिखेर पुग्यौ कुन्नि
कसरी भनौ तिम्रो अन्जान हालत
तिम्रो हालत कस्तो छ !
तिम्रो समाज कस्तो छ !!
तिम्रो दुनियाँ कस्तो छ !!!
भोकै तिखैं त छैनौ होला नि -
खोई, के भनौ र साँइला म पनि कमजोर मान्छे
लाचार लाछी मान्छे
दुख नमान साँइला त्रि्रो दुनियाँमा
एकदिन मै हुँ भन्नेहरु पनि आउनेछन्
तर तिमी भएर थोरै मात्र आउनेछन्
अरु नै भएर आउनेछन
म त भन्छ साँइला,
कसैले खान दिएन भने खोसेर खाऊ
कसैले पिउन दिएन भने लुटेर पिऊ
तिमीमा पुरा अधिकार छ
तिमीले कर्तब्य निभाएका छौ ।
साँइला,
यी र यस्ता कर्तब्य चाहेर पनि निभाउन सकिन्न रहेछ
नचाहेर /भागेर पनि भाग्न सकिन्न रहेछ
आजकाल,
त्यो घर आँगनमा बतास उसरी नै चल्छ
अफसोच खुशी /हाँसो बोकेर चल्दैन
चराहरु एकोहोरो भाकामा विरही गीतहरु मात्र गाउँछन
केहि छैन साँइला,
म तिमीलाई अरु दुखी पार्न चाहन्न
यी वन-जंगल र डाँडापाखालाई भन्दिनेछु कि
तिमी !
रुपाकोट र ट्याम्केभन्दा माथि छौ भनेर
तिमी !
चन्द्रसूर्य ध्वजा र युनियनज्याकभन्दा ठुलो हौ भनेर ।
- स्वर्गीय युवराज राइप्रति समर्पित
नवराज राइ
हालः- यूके

1 comment:

Anonymous said...

"खोटाङ्ग समाज युकेको व्लग" ले सँसार भरि छरिएर रहेका खोटाङे अथवा नेपालीहरुको एेके बद्दताको माला गासेको पाए। विदेशमा रहने साह्रा नेपालीहरुको पिडा उस्तै-उस्तै रैछ भन्ने कुराको सहिअनुमान गर्ने मौका पाए। "साँइला ! तिमी ठुलो हौ" भनेर युवराजलाई गरिएको सम्बोधन कवितामा आफ्नो राष्ट्र र राष्ट्रियता छातिमा बोकेर जिवन आहुती दिन पछि नहट्ने नेपाल आमाको सपुत कम्जोर नभएको पुष्टि गर्छ। अनि आफ्नो मात्री भुमि भन्दा पर यानकी काख भन्दा पर रहनु बिडम्वनाको छडि बध्यताको माला बनेर हर्दम घाँटिमा हल्लिरहने अर्को धरासायी पराकाष्टको परम्परागत तितो सत्य हो। अनि त मलाई पनि भन्न मनलाग्यो:-

घाईते विश्व

मन्दिर, मस्जिदहरुमा
भक्तहरु छैनन्
पुजारि, पादरीहरु छैनन्
बेदका श्लोकहरु छैन
कुरानहरु छैन
बन्दुक र बारुदहरु
अन्तिम युध्दका तयारीमा
भक्त कोई छैनन्
रगताम्य दिवारहरुमा
लाभायुक्त भित्ताहरुमा
लाल मश्जिदहरुमा
परमेश्वोर बास बस्दैन
घण्टाहरु बज्ने छैनन
शन्तिका ध्वनीहरु छैन
अल्ला मरीसके, देवता मरीसके
बाँकि छन् लाभायुक्त आत्माहरु
मशान भरिएका मनहरु
भक्तिभाव गरीन्न
रगतले होलीखेलिन्छ
आक्रोसित धावकहरु
वर्ल्ड ट्रेड बनेर
प्रिथ्विमा ऐझेरु पल्हाइसके
फस्टाइ सके/झांगीसके
धर्ति थर्किएको छ चिरा-चिरा चर्किएकोछ
भु-गर्भका ईन्धनहरु रित्तिदैछ
अक्सिजनहरु सकिदैछ
यो हाहाकार यो महामारी
यसैको उपज हो
ब्रह्माण्ड खोस्टो हुदैछ/बिध्वांश हुदैछ
बिश्व सख्त घाइते छ
वीर नेपालीहरु कतै कर्गिल मेडल जिते
कतै नाला पानि जिते
अनवरत इराक,अफनान्,र लेवनानहरुमा तल्लिन छन्
आमाको अन्तिम ईक्षा एक अन्जुली गोल्ड मेडल
घाइते विश्व सँग निरन्तर...
बिश्वबिश्व सख्त घाइते छ
सख्त घाइते छ
missa_rai@yahoo.com
Hong kong (chyandanda-9,khotang)

खोटाङ्ग समाज युकेको व्लग


विविधतामा एकता, एकतामा परिपक्वता, आत्मीयता, सौहार्दता, आपसिसहयोग अनि सदभावको खातिर हामी सबैको साझाघर खोटागं समाज युके