18/02/2009
खोटाङ्ग समाज यूकेको त्रैमासिक बैठक सम्पन्न
खोटाङ्ग समाज यूकेको त्रैमासिक बैठक गत फेब्रुअरि ८ तारिखको दिन विजिडब्युएस भवन फार्नबरोमा बस्यो । समाजका पदाधिकारी लगायत अन्य खोटाङ्गेहरुको उपस्थित रहेको उक्त बैठकमा समाजले विभिन्न बुँदाहरुमाथि छलफल गरेका थिए । समाजका अध्यक्ष श्री युवराज तामाङ्गको अध्यक्षतामा सम्पन्न उक्त बैठक मध्यन्ह बाह्र बजेबाट शुरु भएर झण्डै साढे चार बजेसम्म चलेको थियो । विशेष गरेर सो बैठकले विधान उपर छलफल गरेका थिए । भेलाले गरेको टिक्का टिप्पणीहरुलाई ध्यानमा राख्दै संशोधन सहित आउने अधिवेसनमा विधान समितिको प्रमुख श्री चण्डिका र्राईले प्रस्तुत गर्ने भएका छन् । त्यसैगरि समाजले प्रदान गर्ने खोटाङ्ग नागरिक सम्मान र खोटाङ्ग प्रतिभा पुरस्कार क्रमश कवि तथा साहित्यकार जसराज किराँती र गायक रुपकुमार र्राईलाई एक कार्यक्रमको आयोजना गरि चाँडै प्रदान गर्ने भएका छन् । त्यसैगरि समाजले बाषिर्क रुपमा आयोजना गर्दै आएको खोटाङ्ग बाषिर्क भेला यहि आउने जून महिनाको १३ तारिख दिन गर्ने भएका छन् । सो कार्यक्रमलाई सफल पार्नको लागि आउने अप्रिल महिनाको २५ तारिखको दिन मेड्स्टोनमा कोअर्डिनेटिङ मिटिङ बस्ने भएको छ ।
Subscribe to:
Post Comments (Atom)
खोटाङ्ग समाज युकेको व्लग
विविधतामा एकता, एकतामा परिपक्वता, आत्मीयता, सौहार्दता, आपसिसहयोग अनि सदभावको खातिर हामी सबैको साझाघर खोटागं समाज युके
No comments:
Post a Comment