11/05/2009

सुचना

खोटाङ समाज यूकेको बार्षिक भेटघाट तथा राष्ट्रीय भेला २००९
खोटांग समाज युकेको आयोजनामा खोटाङ जिल्ला बासीहरुको यूके राष्ट्रीय भेला र भेटघाट कार्यक्रम हुन गैरहेकाले संपूर्ण खोटाङ बाशीहरुमा यसै सूचना मार्फ़त उपस्थितिको लागी खोटांग समाज यूके हार्दिक आमंत्रण गर्दछ ।

कार्यक्रम हुने मिति : १३ जुन २००९ शनिबार
समय : बिहानको ११ बजे देखि सांझ अबेर सम्म
स्थान : ओकफार्म स्कुल फान्ब्रो (GU14 8SS)

कार्यक्रममा सहभागी हुनुहुनेहरुले जुन ५ तारीख भित्र प्रबेशको निमित्त टिकट काटीदिनहुन आयोजक समिती आग्रह गर्दछ । खानाको ब्यबस्था गर्नुपर्ने भएकाले कार्यक्रममा उपस्थित हुने संख्या अनुसार खानाको तैयारी गर्नुपर्ने भएकाले यो अनुरोध गरिएको छ । बिस्तृत जानकारीको लागी सम्पर्ग नंबर ०७८२८९७४८३१ मा रिटायर्ड क्याप्टेन प्रभुराम राईलाई सम्पर्ग गर्न सक्नु हुनेछ ।

नृत्य ,गायन , कबिता बाचन र अन्य प्रतिभा प्रस्तुतिको निमित्त मनोरंजन बिभाग अन्तर्गत नबराज राई ०७७६५१६६५४९ र भूमिराज राईलाई ०७७८९१५७६९३ मा सम्पर्ग गरेर आफ्नो कला प्रस्तुत गर्ने अवसरको सदुपयोग गर्न सक्नु हुनेछ । जुन १३ मा फान्ब्रो जाऔ,खोटाङ जिल्ला भेला सफल पारौ ।
खोटांग समाज यूके

No comments:

खोटाङ्ग समाज युकेको व्लग


विविधतामा एकता, एकतामा परिपक्वता, आत्मीयता, सौहार्दता, आपसिसहयोग अनि सदभावको खातिर हामी सबैको साझाघर खोटागं समाज युके