यहि जुन १३ तारिख शनिबार फान्ब्रोको ओकफार्ममा आयोजना हुने खोटांग जिल्लाबासीहरुको बार्षिक भेटघाट कार्यक्रम ब्यबस्थापन कमिटिको अन्तिम बैठक मंगलबार साँझ सम्पन्न भएको छ ।
कार्यक्रमको सम्पूर्ण तैयारी र ब्यबस्थापनको सम्पूर्ण काम बाँडफाँड र बाँकी रहेको अस्पष्ट बिषयहरुको टुंगो लगाउन समाजका अध्यक्ष रिटायर्ड क्याप्टेन युबराज तामांगको अध्यक्षतामा छलफल सम्पन्न भएको थियो ।
कार पार्किंग,स्टेज,कार्यक्रमस्थल तैयारी,सुरक्षा ब्यबस्था,मनोरंजन,खोटांग नब प्रतिभा प्रतियोगिता लगायतका बिषयमा छलफल र विचार विमर्श भएको थियो । छलफलले नवप्रतिभा प्रतियोगितामा सहभागी सबैलाई सहभागिता प्रमाण पत्र प्रदान गर्ने निर्णय गर्नुका साथै दोश्रो र तेश्रो हुने प्रतियोगीहरुलाई पनि पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
सम्पूर्ण ईच्छुक खोटांगबासिहरुले आ-आफ्नो छोराछोरीहरु जोजो प्रतियोगितामा सहभागी हुन ईच्छुक छन्,उनीहरुको सम्पूर्ण विवरण तैयार बनाएर ल्याई सहयोग गरिदिन हुन पनि अनुरोध गरिएको छ ।
शिक्षा,साहित्य,संगीत,कला,खेलकुद लगायत अन्य प्रतिभाहरु पनि सो प्रतियोगितामा सहभागी हुन सक्ने जानकारी गराईन्छ ।
कारपार्किंग बापत लिईने दस्तुर बापत राफलड्रको एउटा टिकट दिने र ईच्छुक अन्यले पनि टिकट लिन सक्ने प्राबधान बनाउदै आकर्षक पुरस्कारहरुको ब्यबस्था गरिने निर्णय गरिएको छ ।
प्रायोजकहरु मध्ये नयाँ संदेश साप्ताहिक पत्रिका द्दारा एउटा पुरस्कार उपलब्ध भएको छ । अधिकांश कमिटिका पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। सम्पूर्ण खोटांग जिल्लाबाशीहरुलाई कार्यक्रममा उपस्थित भै दिन हार्दिक अनुरोध गर्दै बिबिध कारण बस टिकट लिन नसक्नु भएकाहरुलाई पनि कार्यक्रम स्थल मै खानाको टिकट उपलब्ध गराउनु पर्ने निष्कर्ष निस्किए पछी ब्यबस्थापन कमिटीले सो कुरा स्वीकार गरि प्रवेश द्दारमा पनि खानाको लागि टिकट उपलब्ध गराउने निर्णय सर्बसम्मत पारित भएको थियो ।
'जुन १३ मा फान्ब्रो जाउँ,खोटांग जिल्लाबासी भेला सफल पारौ' नाराका साथ खोटांग जिल्लाबासीहरुको बार्षिक भेटघाट कार्यक्रम 2009 आयोजना गर्न लागिएको छ ।
09/06/2009
Subscribe to:
Post Comments (Atom)
खोटाङ्ग समाज युकेको व्लग
विविधतामा एकता, एकतामा परिपक्वता, आत्मीयता, सौहार्दता, आपसिसहयोग अनि सदभावको खातिर हामी सबैको साझाघर खोटागं समाज युके
No comments:
Post a Comment