खोटाङ्ग समाज युकेको पहिलो अधिवेशन सम्पन्न
बेलायतबासी खोटाङ्गेहरुको साझा संस्था खोटाङ्ग समाज युकेले गत अगष्ट ९ तारिख विविध कार्यक्रमहरु सहित केन्टको डोवरमा पहिलो अधिवेसन सम्पन्न गरेकोछ । बेलायतका लागि नेपा
ली राजदुत महामहिम श्री मुरारीराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा अध्यक्ष भगवान चाम्लिङ्गले अध्यक्षता गर्नु भएको थियो। एन.आर.एन. युकेका संयोजक चण्डिराज राइ, वि.एफ.वि.एस युकेका महाप्रवन्धक खेम गुरुङ्ग, सगरमाथा ते क्वान्डो डोजाङ्गका संस्थापक तथा अध्यक्ष मास्टर राष्ट्र राइ, धनकुटा सेवा समाजका अध्यक्ष क्या. ज्ञान लिम्वु, भोजपुर सेवा समाजका संयोजक दिलमान राइ, कि.रा. यायोक्खा युकेका चक्र राइ, याक्थुम चुम्लुङ्ग युकेका एकराज नेम्वाङ्ग, ने.का. जनसर्म्पर्क मन्च युकेका किसोर सापकोटा, लगायत अन्य विशिष्ट अतिथिहरुको उपस्थितीमा सम्पन्न भएको थियो । बेलायतको विभिन्न ठाँउहरुबाट उपस्थित खोटाङ्गे दाजुभाई तथा दिदीबहिनीहरु कार्यक्रम अवधिभर नै हर्षल्लासका साथ आपसि भलाकुसारीमा व्यस्त देखिन्थे भने बेलाबेलामा गुन्जिने खोटाङ्गे गीतहरु तथा पर्दामा पालैपालो घुमिरहेको खोटाङ्गे तस्विरहरु तथा भिडियोहरुले कार्य
क्रमहल विलकुल खोटाङ्गमय महशुस हुन्थ्यो ।संस्थाका उपाध्यक्ष रामप्रसाद लिम्वुको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संस्थागत मन्तव्य दिदै कवि जगत नवोदितले संस्थाको परिचय, उद्वेश्य, महत्व तथा आवश्यकता आदिमा प्रकाश पारेका थिए भने उपस्थित अतिथिहरुद्वारा दिईएको मन्तव्यका क्रममा संस्थाको उत्तरोत्तर प्रगतिको कामना सहित भाइचारा सम्वन्धमा प्रतिवद्घता व्यक्त गरेका थिए । त्यसको लगतै खोटाङ्ग समाज युकेद्वारा स्थापित खोटाङ्ग प्रतिभा पुरस्कारहरुमध्य खोटाङ्गे नव प्रतिभाहरुको लागि समर्पित खोटाङ्ग नवप्रतिभा पुरस्कार २००८ द्वारा युके ट्यालेन्ट २००८ सुश्री सुजाता राइलाइ नगद पुरस्कार, शिल्ड र प्रमाण पत्र प्रमुख अतिथीको हातबाट प्रदान गरिइएको थियो । प्रमुख अतिथी महामहिम राजदुत श्री मुरारिराज शर्माले आफ्नो मन्तव्य राख्ने क्रममा खोटाङ्ग प्रतिभै-प्रतिभा भएका प्रतिभाशाली व्यक्तित्वहरु जन्माउने जिल्ला भएको टिप्पणी गर्दै बेलायती परिवेशमा पनि खोटाङ्गे प्रतिभाहरुको कमि विलकुलै नभएको कुरा व्यक्त गर्नुभयो । प्रतिभाहरुको कदर गर्नु समाजको कर्तव्य भएको र खोटाङ्ग समाज युकेले सो कदम अघि बढाएकोमा निरन्तरताको कामना सहित आफुलाई खुशिलागेको कुरा पनि बताउनु भयो । संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै संस्थाका ३६ पुरस्कारकोष दाताहरुलाई दाता प्रमाण पत्र प्रदान गर्ने क्रममा पुरस्कार दाताहरु भनेको पुरस्कार कोषको खम्बाहरु भएको बताउदै खोटाङ्ग प्रतिभा पुरस्कार कोषका ३६ खम्बाहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । विविध सांस्कृतिक कार्यक्रमहरु सहित दिवाभोज पछि ४ बजे खुल्ला सत्रको समापन अध्यक्ष भगवान चाम्लिङ्गले गर्नु भएको थियो ।
बेलायतबासी खोटाङ्गेहरुको साझा संस्था खोटाङ्ग समाज युकेले गत अगष्ट ९ तारिख विविध कार्यक्रमहरु सहित केन्टको डोवरमा पहिलो अधिवेसन सम्पन्न गरेकोछ । बेलायतका लागि नेपा

अतिथीहरुको विदाइ पश्चात शुरुभएको बन्द सत्रमा तदर्थ समितीका महासचिव इश्वर चाम्लिङ्गले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भयो भने कोषाध्यक्ष डिल्लिराम राइले संस्थाको कोष प्रतिवेदन प्रस्तुत गर्नु भयो, त्यसै क्रममा कानुनी सल्लाहकार चण्डिराज राइले खोटाङ्ग समाज युकेको विधान-२००८ तथा जगत नवोदितले खोटाङ्ग प्रतिभा पुरस्कारकोष नियमावली-२००८ प्रस्तुत गरे पश्चात विधान तथा पुरस्कारकोष नियमावलीलाई अनुमोदन गरि र्सवमान्य घोषित गरियो । गीतकार हेमकुमार राइको नेतृत्वमा रवि प्रकाश राइ रइश्वर चाम्लिङ्ग सहितको तिन सदस्सीय निर्वाचन समितीको आशन ग्रहण पछि तदर्थ समितीका अध्यक्षद्वारा तदर्थ समिती भंग गर्दै सम्पुर्ण अधिकार निर्वाचन समितीलाई हस्तान्तरण गर्नुभएको थियो । खोटाङ्ग प्रतिभा पुरस्कारकोष नियमावली-२००८ अनुसार निर्वाचन अधिकृत हेम कुमार र्राईको निर्देशनमा र्सवप्रथम खोटाङ्ग नागरिक सम्मान र
खोटाङ्ग प्रतिभा पुरस्कारको प्रजातान्त्रिक तवरमा निर्वाचन गराई नतिजा घोषणा गरियो । जस अर्गत प्राप्त मतका आधारमा खोटाङ्ग नागरिक सम्मान २००८ का लागि कवि जसराज किराँती र खोटाङ्ग प्रतिभा पुरस्कार २००८ का लागि युवा गायक रुपकुमार राइ छनौट हुनुभयो । खोटाङ्ग नागरिक सम्मान हरेक तिन बर्षा एकजनालाई र खोटाङ्ग प्रतिभा पुरस्कार हरेक बर्षएकजनालाई प्रदान गर्दै जाने कुरा खोटाङ्ग समाज युकेले बताएको छ । २००८का लागि घोषित पुरस्कारहरु निकट भविष्यमा नै जिल्लाको सदरमुकाम दिक्तेलमा एक बृहत कार्यक्रमको आयोजना गरि प्रदान गरिने छ । खोटाङ्ग नागरिक सम्मान पुरस्कारको रासी रु. ५०,०००.०० साथै ताम्रपत्र र खोटाङ्ग प्रतिभा पुरस्कार, ताम्र पत्र सहित रु. २५,०००.०० रहनेछ ।
खोटाङ्ग समाज युकेको पहिलो कार्यसमितीमा अध्यक्ष क्या. युवराज तामाङ्ग, उपाध्यक्ष मकरध्वज राइ, महिला उपाध्यक्ष श्रीमती विमला लिम्वु, महासचिव चण्डिराज राइ, सचिव गणेश राइ, कोषाध्यक्ष डिल्लिराम राइ, सहकोषाध्यक्ष ध्रुवकुमार राइ, क्षेत्रगत प्रतिनिधि र सदस्यहरु मनकुमार राइ -२ आरजिआर), दिपराज राइ -इन्जिनियर), मिलन राइ -सिग्नल), नरेश विष्ट -लण्डन), धनकुमार राइ -स्वीन्डन), श्रीमती दुगा घले -स्यान्डस्), श्रीमती भाग्यवती राइ -मेडस्टोन), चन्द्र राइ -फान्व्रो), टपकुमार राइ -क्याटि्रक), दैवराम राइ - अल्डरसट) र्सवसम्मतीले मनोनित हुनुभएको छ ।
खोटाङ्ग युके सम्वाददाताभुमिराज राइ
1 comment:
well done keep it going
Post a Comment